काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २१ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
बैंकले गत वर्षको नाफाबाट करसहित ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न मंसिर ५ गते २२ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।
त्यस्तै, बैंकले सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।