काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग,’ अफर घोषणा गरेको छ।
यस योजना अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि प्राप्त गर्न सक्नेछन्।
यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको हो। त्यस अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याट बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।
कार्तिक १६ गतेदेखि सुरु भएको नयाँ अफर मङ्सिर ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।