सरकारले भूकम्पमा मृत्यु भएकालाई २ लाख राहत दिने

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा १५७ जनाको निधन भएको थियो ।

भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय Read Previous

भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर Read Next

भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर