भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

फाइल तस्वीर ।

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन-कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

काठमाडौंबाट जाजरकोट र रूकुम पश्चिम जान निःशुल्क बसको व्यवस्था Read Previous

काठमाडौंबाट जाजरकोट र रूकुम पश्चिम जान निःशुल्क बसको व्यवस्था

सरकारले भूकम्पमा मृत्यु भएकालाई २ लाख राहत दिने Read Next

सरकारले भूकम्पमा मृत्यु भएकालाई २ लाख राहत दिने