काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार र व्यवसायीले ब्याजदर घटाेस् भन्ने चाहेर नघट्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ ( नाफिज) काे १५ औं वार्षिकाेत्सव कार्यक्रममा बाेल्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।
अधिकारीले मूल्यवृद्वि नियन्त्रणभन्दा माथि रहेकाले त्याेअनुसार वास्तविक ब्याजदरले घट्ने दिशा नलिने बताए ।
`बजार र व्यवसायीकाे अपेक्षा अझै घटाेस भन्ने छ । तर, रियल इन्ट्रेष्ट रेटले त्याे डिरेक्सनमा लिँदैन । ब्याजदर घट्न त्यहीँ अनुसार मूल्यवृद्धि पनि घट्नुपर्छ,´ उनले भने ।
मूल्यवृद्धि नियन्त्रण भन्दामाथि भएकाले नीतिगत रूपमा कडाइ गर्नुपर्ने बनाएकाे उनले बताए ।
`मूल्यवृद्धि नियन्त्रण भन्दामाथि भएकाले नीतिगत रूपमा कडाइ गर्नुपर्ने बनाएकाेछ । मागकाे कारण मूल्य हामीले नीतिलाई सही दिशामा नराखेर हुँदैन,´ अधिकारीले भने ।
ग्लाेबल परिवेश हेर्दा केही वर्षदेखि अनिश्चितताका बीच अर्थतन्त्र रूमल्लि रहेकाे उनले बताए । काेभिड, युद्व लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाले अनिश्चितता हुँदाहुँदै पनि सुधार हुँदै जाने उनकाे भनाइ छ ।अर्थतन्त्रकाे बाह्य क्षेत्रमा अहिले ऐतिहासिक सुधार भएकाे उनले बताए ।