काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीमा सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले तिहारको अवसरमा कात्तिक १९ देखि २४ गतेसम्मसुनका असर्फी र चाँदीमा सिक्का बिक्री गर्ने भएको हो ।
उक्त अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र चाँदीमा सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्तिले बढीमा सुनका असर्फी एकसेट २.५ ग्राम खरिद गर्न सक्ने सीमा तोकेको छ ।
यसैगरी, चाँदीका सिक्का एकसेट गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम र गजलक्ष्मीअंकित १० ग्राम खरिद गर्न सकिने छ । असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरबाट भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।