संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई परराष्ट्रमन्त्रीको आग्रह Read Previous

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई परराष्ट्रमन्त्रीको आग्रह

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति पाइन्छ ? Read Next

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति पाइन्छ ?