उपत्यकामा ट्राफिक चेकिङ तीव्र बनाइयो, एकैदिन १५२७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।

नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५२७ जना चालकलाई कारबाही गरिएको छ ।

उनले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताउनुभयो । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने ३२१ जना चालक कारबाहीमा परेका छन् ।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा १ हजार ५२७ जना चालकलाई कारबाही गरेको जानकारी दिए । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

अरुण काबेलीको लिलामी सेयर किन्ने आज अन्तिम दिन, न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ Read Previous

अरुण काबेलीको लिलामी सेयर किन्ने आज अन्तिम दिन, न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ

सोनापुरको सेयरमा छैन आकर्षण : मूल्यमा लगातार नेगेटिभ सर्किट, कतिमा झर्‍यो भाउ ? Read Next

सोनापुरको सेयरमा छैन आकर्षण : मूल्यमा लगातार नेगेटिभ सर्किट, कतिमा झर्‍यो भाउ ?