अरुण काबेलीको लिलामी सेयर किन्ने आज अन्तिम दिन, न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ

काठमाडौं । अरुण काबेली पावर लिमिटेडकाे २० लाख बढी कित्ता सेयर लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज असोज ३० गतेदेखि बिक्रीमा ल्याएको २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म जारी गरेको १०० प्रतिशत हकप्रदमध्ये अवितरित २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीले कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्रीम ल्याएको थियो । सोमध्ये १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित हकप्रद लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सूर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सरकारले समयमै धान नकिनेपछि व्यापारीलाई सस्तोमा बेच्न किसान बाध्य Read Previous

सरकारले समयमै धान नकिनेपछि व्यापारीलाई सस्तोमा बेच्न किसान बाध्य

उपत्यकामा ट्राफिक चेकिङ तीव्र बनाइयो, एकैदिन १५२७ चालक कारबाहीमा Read Next

उपत्यकामा ट्राफिक चेकिङ तीव्र बनाइयो, एकैदिन १५२७ चालक कारबाहीमा