अब ट्राफिकलाई नागरिक एपमा भएको लाइसेन्स देखाउँदा मान्य हुने

काठमाडौं । अब ट्राफिक प्रहरीले चेकजाँच गर्दा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मान्य हुने भएको छ ।

सरकारले नागरिक एपमार्फत देखाएको लाइसेन्स पनि मान्य हुने व्यवस्था गरेको हो । नागरिक एपले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अबदेखि एपमार्फत देखाएको लाइसेन्स मान्य हुने जानकारी गराएको हो ।

‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

यसअघि ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँच गर्दा सक्कल नै देखाउनुपर्ने बाध्यता थियो । नागरिक एपमा भएको देखाउँदा ट्राफिकले मान्यता दिने गरेको थिएन । सो व्यवस्थाको चौतर्फी विरोध भएपछि सरकारले एपमा भएको लाइसेन्स पनि आधिकारिक हुने व्यवस्था गरेको हो ।

तर, नागरिक एपमा देखाइएको लाइसेन्स ट्राफिक प्रहरीले चालकले लाइसेन्स लिएको छ/छैन भन्ने अवस्थामा मात्र लागू हुने जनाइएको छ । ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सवारी चालकले सक्कल लाइसेन्स नै देखाउनुपर्ने हुन्छ।

यदि नागरिक एपमा लाइसेन्स लिंक नगरेको भए यथाशिघ्र लिंक गर्न सरकारले सबैमा अनुरोध समेत गरेको छ ।

नेप्सेले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

कछुवाको गतिमा नारायणगढ-बुटवल सडक विस्तार, तिहारपछि कामले गति लिने Read Next

कछुवाको गतिमा नारायणगढ-बुटवल सडक विस्तार, तिहारपछि कामले गति लिने