काठमाडौं । कृषि विकास बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि रेटिङ्ग गराएको छ।
बैंकको ऋणपत्रलाई इक्रा नेपालले “इक्रा एनपि एलए” रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा लगनी गर्दा न्यून जोखिम रहेको जनाउँछ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता “एडिविएल कृषि विकास बैंक लि.२०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले बिक्रीमा ल्याउन लागेको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणमा निष्काशन गर्ने छ भने बाँकी १५ लाख कित्ता बैंक आफैंले व्यक्तिगत तवरबाट विभिन्न कम्पनीहरुलाई बिक्री गर्नेछ।
उक्त ऋणपत्रमा वार्षिक १०.३५ प्रतिशत व्याजदर भुक्तानी गर्ने बैंकले जनाएको छ। यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ।
ऋणपत्र निष्काशनको लागि बैंकले धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ। बोडबाट अनुमति पाएपछि ऋणपत्र निष्काशनको प्रकृया अघि बढाउनेछ।