काठमाडौं । माघ १ गतेदेखि प्रभु बैंकको हाल प्रचलनमा रहेको भिसा कार्डहरु नचल्ने भएका छन् ।
बैंकले एक सूचना प्रकाशित गर्दै अत्याधुनिक प्रविधियुक्त थप सुरक्षित एससीटी यूपीआई कार्डहरु प्रयोगमा ल्याउनका लागि सो भिसा कार्डहरु विस्थापित गर्न लागेको जानकारी दिएकाे छ ।
नयाँ कार्ड जारी गर्न बैंकले कार्ड सिस्टम अपग्रेड गरीरहेको छ। बैंकको भिसा कार्ड भएका ग्राहकहरुले बैंकका जुनसुकै शाखामा सम्पर्क गरी नयाँ कार्ड निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।