हकप्रद बिक्रीको अनुमति माग्दै एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो आवेदन

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०:६.६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

नियनमक निकाय बीमा समितिले तोकेको साढे २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ रुपैयाँ पुग्नेछ ।

दशैंमा एउटै सहकारीले बेच्यो झन्डै ७० लाखको खसीबोका Read Previous

दशैंमा एउटै सहकारीले बेच्यो झन्डै ७० लाखको खसीबोका

बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो, निर्यात भने घट्यो Read Next

बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो, निर्यात भने घट्यो