दशैंमा पनि हाइड्रोपावर निर्माणको काम निरन्तर

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल ।

तनहुँ । ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दशैंको बिदामा पनि निरन्तर रहने भएको छ ।

आयोजनाको प्याकेज–१ अन्तर्गत ‘डाइभर्सन टनेल’को निर्माणलाई निरन्तरता दशैंपछि नदी पर्काउने योजनाका रहेको आयोजनाले जनाएको छ । कतिपय जनशक्ति दशैं नमान्ने रहेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए ।

आयोजनाको कुल १ हजार ४५६ मिटर सुरुङ्गमध्ये बाँकी रहेको ३५६ मिटर खन्ने काम भैरहेको रहेको छ । त्यसैगरी, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङका साथै इलेक्ट्रोनिक्स मेकानिकल र टर्बाइनलगायत निर्माण कार्य गरिने उनले बताए ।

उक्त दुईवटा प्याकेजका लागि करिब एक सयको हाराहारीमा जनशक्ति परिचालन हुने सो आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्रमा भौतिक प्रगतितर्फ हालसम्म ४६ प्रतिशत कार्य पूरा भैसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

‘मुख्य टनेलको पानी फर्काउनका लागि दसैँमा काम छाड्न मिल्दैन्,’ उनले भने, ‘दशैं लगत्तै नदीको पानी फर्काउने ठूलो टनेलको काम गर्नुपर्ने भएकाले निर्माणकार्य अघि बढाएका हौँ ।’ प्याकेज–१ को निर्माण ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत्र ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८७८ मा खरिद सम्झौता गरेको थियो ।

त्यसैगरी,प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस जाने टनेलको सबै निर्माणकार्य सम्पन्न गरेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भैरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणकार्य रोकिन पुगेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए।

कुल ३४.७ किलोमिटर प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रशारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रशारण लाइनको सन् २०२२ मेसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म समयअवधि थप गरिएको छ ।

त्यसैगरी, आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्युत्गृहको सुरुङ्ग खन्ने कार्य सम्पन्न गरेको छ ।रासस

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी Read Previous

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

दैनिक जीवनमा डिजिटल कारोबार बढ्दो, दक्षिणा भने नोटमै Read Next

दैनिक जीवनमा डिजिटल कारोबार बढ्दो, दक्षिणा भने नोटमै