दशैंको दक्षिणाले जीवन बीमा, कुन कम्पनीमा गर्दा धेरै बोनस पाइन्छ ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले व्यवसाय बढाउन थरिथरिका बीमा योजना ल्याएका छन् । कम्पनीहरूले सर्वसाधारणलाई बीमामा आकर्षित गर्न जीवन बीमा योजना ल्याएका हुन् । आकर्षक बानेस दरसहितका जीवन बीमा योजना सार्वजनिक गरिहेका छन् ।

पछिल्लो सामय नयाँ बीमा योजना ल्याएर जीवन बीमा गर्न प्रेरित गर्न तथा व्यवसाय बढाउन कम्पनी बीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । एउटै बीमा कम्पनीले ग्राहक तान्न दर्जन बढी विमा योजना ल्याएका छन् ।

दशैंतिहार तथा चाडपर्वको समयमा बीमा लेखको माग बढी हुने भएकाले कम्पनीहरूले सोही अनुसार विभिन्न प्रकारका योजना सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय चाडपर्वमा कतिपयले आफन्तलाई दक्षिणा दिँदा बीमा पोलिसी दिने प्रचलन अचेल बढ्दो छ ।

तिहार, पास्नी, जन्म लगायतका संस्कारहरूमा पनि आफन्तले बीमा पोलिसी उपहार दिने गरेको पाइन्छ । बीमा कम्पनीहरूले पनि मानिसको यही आवश्यकतालाई ध्यानमा राखेर बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका लागि उपयोगि बीमा योजना ल्याएका छन् ।

यसले एकातिर मानिसलाई जीवन बीमाको दायरामा ल्याउँछ भने अर्कोतिर बीमा कम्पनीको व्यवसायमा पनि सकारात्मक योगदान पुर्याउँछ ।

कुन कम्पनीका कस्ता छन् योजना ?

हाल सञ्चालनमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजना, बाल जीवन बीमा योजना, अग्रिम भुक्तानी बीमा योजना, आजिवन बीमा योजना, म्यादी बीमा योजना र अवकाश बीमा योजना ल्याएको छ ।

यी योजना अन्र्तगत फरक फरक बोनसदर पनि दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको उल्लिखित बीमा योजनामा ६४ देखि ८५ प्रतिशतसम्म बोनसदर दिने जनाएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ६ प्रकारका बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सुनौलो भविष्य जीवन बीमा योजना, जीवन सहारा, सुनौलो सुरक्षित, जीवन सारथी, अनमोल जीवन बीमा र जीवन ज्योति बीमा योजना ल्याएको हो । कम्पनीले ५८ देखि ८२ प्रतिशतसम्म बोनस रेट दिने जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको जीवन लाभ, धनवृष्टि, जीवन साथि, जीवन आनन्द, चाइल्ड प्लान, जीवन बचत लगायत दर्जन बढी बीमा योजना छन् । यस बीमा कम्पनीले ४१ देखि ६३ प्रतिशतसम्म बोनस रेट तय गरेको छ ।

मेटलाइफले स्वास्थ्य, परिवार भविष्य, समूह लगायत बीमा योजना ल्याएको छ । कम्पनीका अनुसार बोनस रेट ५५ देखि ८० प्रतिशतसम्म तोकिएको छ ।

एशियन लाइफले भष्यि निधि सावधिक जीवन बीमा योजना ल्याएको छ । बाल उच्च शिक्षा, दम्पत्ति सुरक्षा प्लान, पेन्सन प्लान, धनसम्वृद्धि लगायत आधा दर्जन बढी यस कम्पनीका बीमा योजना रहेका छन् । कम्पनीले ८७ प्रतिशतसम्म उच्च बोनस रेट निर्धारण गरेको छ ।

सूर्यज्योती लाइफले सूर्यज्योती सावधिक जीवन बीमा, सुनौलो भविष्य, धन बहार, धनलाभ, धनवृद्धि, चौरासी पूजा, म्यादी जीवन बीमा लागायत दर्जन बढी बीमा योजना ल्याएको छ । यसले बोनस रेट ३० देखि ९० रुपैयाँ प्रतिहजार तोकेको छ ।

आइएमई लाइफले आइएमई बालकिरण, बाल उज्जवल, बालउमंग, धनवर्धन, आजीवन, सबल, कल्पधन, सरल लगायत बीमा योजना रहेका छन् । यी पोलिसिमा कम्पनीले ३२ देखि ७० प्रतिहजार बोनसदर तोकेको छ ।

यसैगरी, सन् नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स, रिलायबल नेपाल, सिटिजन लाइफ, प्रभु महालक्ष्मी र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि सोही प्रकृतिका बीमा योजना ल्याएका छन् ।

 

नोट प्रयोगमा खोट : वर्षेनी अर्बौंको नोट बन्छन् झुत्रा, छाप्न ठूलो धनराखी खर्च Read Previous

नोट प्रयोगमा खोट : वर्षेनी अर्बौंको नोट बन्छन् झुत्रा, छाप्न ठूलो धनराखी खर्च

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध Read Next

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम, तार तान्न ठाउँ ठाउँमा अवरोध