काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । सोमबार २३ अंकले घटेको नेप्सेमा आज दोहोरो अंकको सुधार आएको हो ।
मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ विन्दुमा पुगेको छ । आज २८९ कम्पनीको १ अर्ब बढीको ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.३ प्रतिशतले बढेको छ ।
आज हाथवे इन्भेष्टमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज एनआइबीएल प्रगति फण्डका इकाईधनीले सर्वाधिक ७.३५ प्रतिशत कमाएका छन् । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्वीटी फण्ड र मेगा म्युचुअल फण्ड १ को सेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ ।