काठमाडौं । एक हप्ताभित्र सबै संघ संस्थालाई पर्यटन वर्षको कार्यक्रम पेश गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले निर्देशन दिएका छन् ।
पर्यटन वर्ष २०२० लक्षित गरी आएका योजनाहरुमा हाल एनआरएन र यातायात महासंघ मात्र समन्वयनमा आउन चाहेका छन् । अन्य संघ संस्थाहरुलाई एक साता भित्र भ्रमण वर्षभरीमा गर्ने कामहरु भ्रमण वर्ष सचिवालयसँग समन्वयन गरी घोषणा गर्न निर्देशन दिइएको हो ।
पर्यटन वर्षलाई डिसेम्बर ३१ लाई भ्रमण वर्ष २०२०को इभका रुपमा मनाइने र जनवरी १ लाई सुरुवातका रुपमा मनाइने योजना भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।
यसै क्रममा पर्यटकहरुको प्रवेश शुल्कमा समेत समायोजन गरिने भएको छ । हिमाल चड्न आउने पर्यटनलाई केही छुटको समेत व्यवस्था गरिने भएको छ ।
यस्तै अन्तर प्रदेश हवाई सेवा सञ्चालनका लागि टिम बनाएर गृहकार्य भइरहको मन्त्री भट्टराइले जानकारी दिए । व्यवसायीक हिसाबले अनुकूल भएसम्म व्यवसायी तथा पर्यटन दुबैलाई छुटको व्यवस्था गरिनेछ ।
साथै विदेश जाने नेपाली तथा विदेशीहरुलाई प्रचार सामग्री वितरण गरिने व्यवस्था समेत मिलाइने भएको छ । अध्ययन तथा रोजगारका लागि विदेशिने नेपालीलाई दिइने त्यस्ता उपहारहरु कलेजका भिसिलाई दिनुपर्ने छ भने काम गर्न जानेले कम्पनी अध्यक्षलाई दिनुपर्ने भनिएको छ । यो कार्यक्रम डिसेम्बर १ बाट सुरु गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा उत्पादन हुने हरेक वस्तुमा पर्यटन वर्षको लोगो राख्न मसेत उद्योगीहरुलाई आग्रह गरिएको छ । यातायात व्यवसायीहरुलाई भ्रमण वर्षको लोगो आफ्नो गाडीमा राख्न निर्देशन दिइएको छ । साथै १ हजार ट्याक्सी ड्राइभरलाई पर्यटनहरुसँग गरिने क्रियाकलाप तथा बानी व्यवहार सिकाउनका लागि तालिम गरिएको मन्त्रालयले जनाएको छ ।
भ्रमण वर्षको उद्घाटन भने दशरथ रंगशालामा भव्यताका साथ गरिने योजना रहेको छ । जनवरी १ मा रंगशालामा यसको उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट गरिनेछ । साथै जनवरी १ मै सम्पूर्ण प्रदेशमा भ्रमण वर्ष २०२० को कार्यक्रमहरु सुरु गरिनेछ ।
।