सेयर बजार सूचक स्थिर, २९ करोडको कारोबार

काठमाडौं । आइतबार दोहोरो अंकले घटेको सेयर बजार आज स्थिर रहेको छ । सूचकमा कुनै घटबढ नभएपनि करिब २९ करोडको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से अघिल्लै दिनको बिन्दु १११०.०८ मै स्थिर रहेको छ । आज १६८ कम्पनीको २८ करोड ८८ लाख ५८ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।१० लाख ७८ हजार ०१६ कित्ता सेयर किन बेच भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

 

कारोबार भएका १२ वटै समूहमध्ये ६ वटा समूहको सूचक उकालो लागेका छन् भने ६ वटै समूहको सूचक ओरालो लागेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै ८.२७ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २४.१६ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ६० लाख ६८ हजार ७४५ सय रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा नेपाल बैंक र एनएमबी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको ३ करोड ५२ लाख र एनएमबीको २ करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.०९ प्रतिशतले घटेको छ ।

२४ बैंकले गरे लाभांश घोषणा, कुनले कति दिए Read Previous

२४ बैंकले गरे लाभांश घोषणा, कुनले कति दिए

१ हप्ता भित्र पर्यटन वर्षको प्याकेज घोषणा गर्न संघ संस्थालाई निर्देशन Read Next

१ हप्ता भित्र पर्यटन वर्षको प्याकेज घोषणा गर्न संघ संस्थालाई निर्देशन