पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १० दिन थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने समय थप गरेको छ ।

सोमबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयवधि १० दिन थप गरेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्ने हुन्छ ।

सोअनुसार कात्तिक ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाले विवरण सार्वजनिक गर्नुपर्छ । तर, सो बेला दसैंका कारण बिदा परेकाले राष्ट्र बैंकले समयवधि २०८० कात्तिक १७ गतेसम्म थप गरिदिएको हो ।

यससँगै अब बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १७ गतेसम्म चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

६० अर्बको आइपीओ ल्याउँदै विद्युत् प्राधिकरण, पायो 'डबल ए प्लस' रेटिङ Read Previous

६० अर्बको आइपीओ ल्याउँदै विद्युत् प्राधिकरण, पायो 'डबल ए प्लस' रेटिङ

दसैंमा आन्तरिक हवाई भाडा छोइनसक्नु, कहाँको कति ? Read Next

दसैंमा आन्तरिक हवाई भाडा छोइनसक्नु, कहाँको कति ?