इनड्राइभले दियो म्याराथनको विजेतालाई इलेक्ट्रीक स्कुटर

काठमाडौं । राइडिङ सेयरिङ सेवा प्रदायक इनड्राइभले काठमाडौं म्याराथनका विजेतालाई इलेक्ट्रीक स्कुटर प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित १५औं संस्करणको फुल म्याराथनका विजेता होमनाथ श्रेष्ठलाई ईभी स्कुटर उपहार प्रदान गरेको हो ।

काठमाडौं म्याराथन एक प्रतिष्ठित दौड प्रतियोगिता हो । जसमा नेपालभरका खेलाडीहरू र इच्छुक व्यक्तिहरुले सहभागिता जनाउँछन् ।

एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकदेख नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो। यस वर्ष इनड्राइभले फाउन्डेसनसँग हातेमालो गरेको थियो।

इनड्राइभले म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ । सोही सहयोगमा ६०० जनाले तीन महिनासम्म तालिम लिएका थिए।

साथै, कम्पनीले शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न ३०० बढी खेलाडीलाई स्लट उपलब्ध गराएको थियो ।

नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान दिएको छ ।

वाणिज्य बैंकका सबै शाखाबाट नयाँ नोट साट्न नपाइने, यी शाखाबाट मात्र पाइने Read Previous

वाणिज्य बैंकका सबै शाखाबाट नयाँ नोट साट्न नपाइने, यी शाखाबाट मात्र पाइने

६० अर्बको आइपीओ ल्याउँदै विद्युत् प्राधिकरण, पायो 'डबल ए प्लस' रेटिङ Read Next

६० अर्बको आइपीओ ल्याउँदै विद्युत् प्राधिकरण, पायो 'डबल ए प्लस' रेटिङ