डिशहोम फाइबरनेटको नयाँ अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

काठमाडौं । डिशहोम फाइबरनेटले दसैं लक्षित नयाँ अफर ल्याएको छ । कम्पनीको अफर अन्तर्गत ग्राहकले १ वर्षका लागि नयाँ जडान गर्दा २ वर्षसम्म इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्नसक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएस देखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउने छन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउने छन् ।

यो अफर असोज २८ गतेदेखि कात्तिक ११ गेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोमले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

 

 

बीवाइडीको नयाँ शोरुम काठमाडौंको सोल्टीमोडमा Read Previous

बीवाइडीको नयाँ शोरुम काठमाडौंको सोल्टीमोडमा

नेपाल स्टार्टअप फेस्ट पुसमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती Read Next

नेपाल स्टार्टअप फेस्ट पुसमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती