बीवाइडीको नयाँ शोरुम काठमाडौंको सोल्टीमोडमा

काठमाडौं । विश्व चर्चित विद्युतीय सवारी बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंमा नयाँ शोरुम विस्तार गरेको छ ।

कम्पनीले आइतबार काठमाडौंको सोल्टी मोडमा नयाँ शोरुम सञ्‍चालनमा ल्याएको हो। प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य माननीय बिराज भक्त श्रेष्ठले नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

योसँगै बीवाइडीको नेपालमा शोरुम संख्या १२ वटा पुगेको छ । छिट्टै अन्य स्थानमा पनि शोरुम विस्तारको योजना रहेको कम्पनीले जनाएको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्धुती सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने भन्दै आफ्नो उत्साह व्यक्त गर्नुभयो।बताइन् ।

सोल्टीमोड शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेशन, आकर्षक डिस्प्ले र तालिम प्राप्त र ग्रहकका सेवामा समर्पित कर्मचारिबाट सुसज्जित छ।

साइमेक्स  इंकले हाल बीवाइडीका एटो ३, डल्फिन, ई ६ मोडलका गाडी बेच्दै आएको छ । बीवाइडीका गाडी किन्न चाहने ग्राहकले सरल एक्सचेन्ज सुविधाका साथै फाइनान्स सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।

दिगो विकास र प्रविधिमा नेपालीको बढ्दो अभिरुचिसँगै बीवाइडीले विद्धुतीय सवारीसाधनको द्रुत विस्तार र वितरणको योजना अघि बढाएको छ ।

नयाँ दिल्लीकोभन्दा धनगढीको हवाई भाडा महँगो Read Previous

नयाँ दिल्लीकोभन्दा धनगढीको हवाई भाडा महँगो

डिशहोम फाइबरनेटको नयाँ अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा Read Next

डिशहोम फाइबरनेटको नयाँ अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा