आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति साढे १८ हजार पाउने

काठमाडौं । दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट साट्न पाइने छ।

त्यस्तै, उपत्यका बाहिर राष्ट्र बैंकको प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल गरी कुल साढे १८ हजार रुपैयाँ बराबरको नोट सटही सुविधा दिइने छ ।

क्यूआर मार्फत भुक्तानी गरेर नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ ।

लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ, डिजेलमा कति ? Read Previous

लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ, डिजेलमा कति ?

९ महिनापछि पोखराको तोरीपानीबाट पुनः प्याराग्लाइडिङ उडान सुरू Read Next

९ महिनापछि पोखराको तोरीपानीबाट पुनः प्याराग्लाइडिङ उडान सुरू