लिटरमै ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ, डिजेलमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ११ रुपैयाँ, डिजेल र मट्टीतेलकाे समान प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

भारतबाट पेट्रोलको भाउ प्रतिलिटर ११.१८ र डिजेलको मूल्य लिटरमा ५.०३ रुपैयाँले घटेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल निगमले पनि घटाएर पठाएको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

 

 

दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय समितिको निर्देशन Read Previous

दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति साढे १८ हजार पाउने Read Next

आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति साढे १८ हजार पाउने