काठमाडौं । चाडपर्व सुरू भएसँगै बिजनेज मलहरूले थरिथरिका उपहार योजना ल्याएका छन् । दसैंतिहारमा किनमेल तथा अन्य आर्थिक गतिविधि बढ्ने भएकाले ग्राहक आकर्षित गर्न मलहरूले विभिन्न उपहार योजना ल्याउने गरेका हुन् ।
व्यापार व्यवसाय गर्नेहरूले दसैंतिहार जस्ता चाडपर्वलाई मुख्य सिजनको रूपमा लिन्छन् । यो समय नयाँ कपडा किनमेलदेखि विभिन्न सामग्रीहरूको माग उच्च हुन्छ ।
दसैंतिहारमा सामान खरिद गर्ने मानिसहरूको यस प्रचलन तथा आवश्यकता छोपेर व्यापारिक केन्द्रहरूले वर्षभरी पुग्नेगरी व्यापार गर्ने उद्देश्य राख्छन् । सोही कारण ग्राहक आकर्षित गराउने उद्देश्यले मलहरूले छुट तथा उपहार योजना ल्याउने गरेका छन् ।
पछिल्ला वर्षहरूमा मलहरू बीच नयाँ उपहार योजना ल्याएर ग्राहक तान्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ । संस्थाहरूले यस वर्षको दसैंतिहारका लागि विदेश घुम्नेदेखि स्कुटर तथा मोटरसाइकल प्राप्त गर्न सक्नेसम्म योजनाहरू ल्याएका छन् । यस्ता छन् काठमाडौंका मुख्य केही व्यापारिक मलहरूको चाडपर्व योजना
बीजी मल : गोंगबु नयाँ बसपार्कस्थित रहेको यस मलले चाडबाडको समयमा ग्राहक आकर्षित गर्न दसैंतिहार उपहार योजना ल्याएको छ । यही असोज २० देखि २३ मंसिरसम्म लागू हुने यस योजना अन्र्तगत सरपराइज गिफ्ट, साप्ताहिक प्राइज र बम्पर उपहार रहेका छन् ।
गिफ्टमा सिनेमा टिकट, ब्रान्ड ब्याक प्याक, लगेज पाउने छन् भने साप्ताहिकमा ग्राहकले रेफ्रीजेटर, वार्सिङ मेसिन, एलईडी टीभी, राइस कुकर, मिक्चर, हिटर, फुयान जस्ता सामानहरू पउने छन् ।
कम्पनीका अनुसार यो योजना अन्र्तगत एक जनाले १२५ सीसीको यामाहाको स्कुटर जित्न सक्नेछन् । यस अफरमा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैयाँ बराबरको सामग्री खरिद गर्नुपर्नेछ ।
सिटीसेन्टर मल : कमलपोखरीस्थित सिटीसेन्टर मलले दसैंतिहार महोत्सव योजना ल्याएको छ । यस योजना अन्र्तगत विभिन्न सामान खरिदमा विशेष छुट रहेको कम्पनीले जनाएको छ । डिजिटल एक्सचेन्ज मेला पनि सेन्टरले राखेको छ । यसका साथै मनोरञ्जनको कार्यक्रम हेर्न सकिने छ ।
आइप्लेक्स मल : नयाँ बानेश्वरमा रहेको आइप्लेक्स सपिङ मलले दसैं झड्का अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले ७० प्रतिशतसम्म सामान खरिदमा छुट पाउने मलले जनाएको छ ।
भाटभटेनी : भाटभटेनी सुपरमार्केटले चाडपर्व लक्षित ग्रेट भाटभटेनी कार निभल योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले भाटभटेनीका २६ वटा आउटलेटमा २५०० रुपैयाँ बराबरको सामान खरिद गर्दा टाटा टिगोर कार जित्ने मौका पाउनेछन् ।
यस्तै, युनिलिभरका उत्पादनहरुमा २ हजारमाथिको खरिदमा स्कुटर, वासिङ्ग मेसिन, एलईडी टीभीको साथमा आइफोन १३–प्रो म्याक्स जित्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी, सिताराम प्रोडक्टको खरिदमा समेत वासिङ्ग मेसिन, रेफ्रिजिरेटर (फ्रिज), टीभी लगायतका यस्ता थुप्रै घरायसी सामग्रीहरु जित्न सक्नेछन् । यो योजना दशैं, तिहार र छठ पर्वसम्म रहने कम्पनीले जनाएको छ ।
लबिम मल : ललितपुरको पुल्चोकमा रहेको यस मलले दसैंतिहारमा छुट तथा उपहार जित्न अफर ल्याएको छ । मलले न्यूनतम ५०० रुपैयाँसम्मको सामान खरिदमा राफेल टिकट जित्न सकिने जनाएको छ । यो योजना असोज २८ देखि मंसिर ३ सम्म रहने कम्पनीको भनाइ छ ।
सिभिल मल : यस मलले दसैंतिहारमा सामान खरिद गर्ने ग्राहकलाई लक्षित गर्न दसैंतिहार महोत्सव योजना ल्याएको छ । यस अन्र्तगत असोज १८ देखि मंसिर ९ सम्म एक हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकले एउटा टीभीएसको स्कुटर, पोखरा राउन्ड ट्रिप, एउटा हिराको हार र अन्य सामानहरू लक्की ड्र मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
केएल टावर : यस सर्पिङ मलले रमाइलो दसैंतिहार उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । १८ असोज देखि १६ कात्तिकसम्म लागू हुने योजनामा पर्न ग्राहकले न्यूनतम एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने टावरले जनाएको छ ।
कम्पनीका अनुसार पहिलो पुरस्कार अन्र्तगत पाँचदिन सम्मको दुबई टुर प्याकेज रहेको छ । बम्पर योजना अन्र्तगत यामाहाको मोटरसाइकल जित्न सकिने छ भने साप्ताहिक प्याकेजमा विभिन्न सामानहरू प्रााप्त गर्न सकिनेछ ।