पूर्व अरनिको यातायातले जडीबुटीमा संचालनमा ल्यायो बसपार्क

काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा बसपार्क संचालनमा ल्याएको छ । कम्पनीले आफ्नै लगानीमा निर्माण गरेको ‘अरनिको बसपार्क’ आजदेखि संचालनमा ल्याएको हो ।

कम्पनीले जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो । झन्डै १० करोड खर्च गरेर उक्त बसपार्क निर्माण सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौं महानगरले गत असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै उपत्यकाबाहिर जाने सवारीसाधन संचालन हुनुपर्ने व्यवस्था गरेको थियो । तर, महानगरको सो निर्णय अव्यवहारिक भएको भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क बनाएको थियो ।

समितले आफ्नै लगानीमा बसपार्क बनाए पनि महानगरले आफ्नो क्षेत्रभित्र एउटा मात्रै बसपार्क संचालन गर्न दिने र जबरजस्ती गरे भत्काउने चेतावनी दिएको थियो । त्यसपछि पूर्व अरनिको महानगर विरुद्ध अदालत गएको थियो । उच्च अदालत पाटनले तत्काल उक्त बसपार्क संचालनमा कुनै अवरोध नगर्न र नभत्काउन आदेश दिएको थियो । सोसँगै समितिले आजदेखि संचाल्यानमा ल्याएको हो ।

असोज १२ गते न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यस्तै, असोज २१ गते ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो ।

उक्त बसपार्कबाट काठमाडौं पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लमा गुड्ने सवारीसाधन संचालन हुने छन् ।

चाडपर्वमा बिजनेश मलहरूको अफर : विदेश टुरदेखि कारसम्म, कसको कस्तो ? Read Previous

चाडपर्वमा बिजनेश मलहरूको अफर : विदेश टुरदेखि कारसम्म, कसको कस्तो ?

खसी-बोकाको स्वास्थ्य परीक्षण गर्न ११ स्थानमा चिकित्सकसहितको टोली परिचालन Read Next

खसी-बोकाको स्वास्थ्य परीक्षण गर्न ११ स्थानमा चिकित्सकसहितको टोली परिचालन