काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा शुक्रबार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ६.५ प्रतिशत अर्थात् ६ लाख ८४ हजार ५५४.११ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।