घोराहीको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) किन्ने लगानीकर्ता घाटामा गएका छन् । पछिल्लो समय कम्पनीको सेयर मूल्य लगातार घटेर आइपीओको मूल्यभन्दा तल झरेपछि सेयर लगानीकर्ता घाटामा गएका हुन् ।

प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराहीले प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो । तर, बिहीबार कम्पनीको सेयर मूल्य घटेर ४३४.८० रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आजै कम्पनीको सेयर मूल्य ४३० रुपैयाँसम्म झरेको थियो ।

कम्पनीको सेयर गत साउन २८ गतेदेखि कारोबारमा आएको थियो । प्रतिकित्ता ५६५.५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ५८१.४० रुपैयाँसम्म पुगेको थियो । त्यसयता लगातार घट्न थालेको कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो भएको हो ।

कम्पनीको नेप्सेमा साधरणतर्फ कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर सूचीकृत छ ।

भायानेटको वार्षिक उत्सव अफर, पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड Read Previous

भायानेटको वार्षिक उत्सव अफर, पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड

सम्पत्ति शुद्धीकरण विधेयकको प्रतिवेदन संसद्मा पेस Read Next

सम्पत्ति शुद्धीकरण विधेयकको प्रतिवेदन संसद्मा पेस