भायानेटको वार्षिक उत्सव अफर, पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड

काठमाडौं । इन्टरनेट र आइपीटीभी सेवा प्रदायक भायानेट कम्युनिकेसन २४ औं वर्ष पूरा गरेको छ । सन् १९९९ देखि सेवा उपलब्ध गराउँदै आएको कम्पनीले २४ औँ वार्षिक उत्सवको पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपडेट गरिदिएको छ ।

भायानेटका अनुसार २०० एमबीपीएस इन्टरनेट ग्राहकको स्पीड अपग्रेड गरेर २५० एमबीपीएस, ३०० एमबीपीएसको ४०० एमबीपीएस बनाइदिएको छ । त्यस्तै, अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।

यस्तै, कम्पनीले वार्षिकोत्सव अफर अन्तर्गत ३ महिनासम्म १२५ एमबीपीएसको इन्टरनेट २ हजार ४२४ रुपैयाँ (भ्याट बाहेक) उपलब्ध गराउने छ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्।

साथै, भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

कपन डुबान व्यवस्थापन गर्न डीपीआरको तयारी, थप बजेट माग Read Previous

कपन डुबान व्यवस्थापन गर्न डीपीआरको तयारी, थप बजेट माग

घोराहीको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो Read Next

घोराहीको आइपीओ भर्ने घाटामा, बजार मूल्य आइपीओको भन्दा सस्तो