काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।