सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेका हुन् ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १० लाख ४० हजार ७७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ८ हजार ६३८ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएका थिए । सोमध्ये १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० मा १३७.५८ रुपैयाँ प्रिमियम थपेर) दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयरमध्ये नबिकेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि सर्वसाधरणलाई बाँडेको हो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

धोवीखोला करिडोर अढाई दशकमा पनि अपूरै, ७९ मिटर सडकमा अड्कियो काम Read Previous

धोवीखोला करिडोर अढाई दशकमा पनि अपूरै, ७९ मिटर सडकमा अड्कियो काम

साइन रेसुंगाको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

साइन रेसुंगाको लाभांश घोषणा, बोनस र नगद कति ?