सानिमा बैंकका ग्राहकले तिलगंगा सिटी आँखा सेन्टरमा छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न अस्पतालसँग सम्झौता गर्दै छुटको व्यवस्था गरेको हो ।

सम्झौता अनुसार सानिमा बैंकको भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । साथै, ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशका १३२ वटा शाखा कार्यालयहरु र १२३ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

हाथवेसहित दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

हाथवेसहित दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

अर्धजलाशययुक्त तल्लो सेती जलविद्युत्मा लगानी गर्न एडीबी र जाइकाको चासो Read Next

अर्धजलाशययुक्त तल्लो सेती जलविद्युत्मा लगानी गर्न एडीबी र जाइकाको चासो