हाथवेसहित दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा मंगलबार हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

दुवै कम्पनीले संस्थापक र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् । नेप्सेका अनुसार हाथवेको प्रतिकित्ता ५० रुपैयाँ दरले २ करोड ३४ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्सेले हाथवेको पहिलो कारोबारका लागि न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतम २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । HATHY संकेत चिह्नमा यसको कारोबार हुनेछ ।

यस्तै, माण्डू हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १२४.४२ रुपैयाँदेखि अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले MANDU संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै बुधबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

दसैंमा घर जान एकैदिनमा २४ हजारले काटे अग्रिम टिकट Read Previous

दसैंमा घर जान एकैदिनमा २४ हजारले काटे अग्रिम टिकट

सानिमा बैंकका ग्राहकले तिलगंगा सिटी आँखा सेन्टरमा छुट पाउने Read Next

सानिमा बैंकका ग्राहकले तिलगंगा सिटी आँखा सेन्टरमा छुट पाउने