नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि हुने, स्टल बुकिङ खुला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष मंसिर १४ देखि १८ गतेसम्म आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ । साथै, सोमबारदेखि बाँकी स्टल बुकिङ खुला गरिएको महासंघले जनाएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ ।

मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको कमोडिटी पेभेलियन रहने छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्ताष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्याेगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ ।

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ ।

मेलामा भारतको चेम्बर अफ कमर्श र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धि वस्तुहरूको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा ‘मेड इन नेपाल शो’, हस्तकला उत्पादनहरू, कमोडिटी पेभेलियन रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्धीपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ ।

मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।

आइपीओकै भाउमा अरुण काबेलीको २० लाख कित्ता सेयर बिक्रीमा Read Previous

आइपीओकै भाउमा अरुण काबेलीको २० लाख कित्ता सेयर बिक्रीमा

श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्रीलाई नोबेल पुरस्कार Read Next

श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्रीलाई नोबेल पुरस्कार