काठमाडौं । अरुण काबेली पावर लिमिटेडले २० लाख बढी कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म जारी गरेको १०० प्रतिशत हकप्रदमध्ये अवितरित २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।
कम्पनीले कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्रीम ल्याएको थियो । सोमध्ये १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित हकप्रद लिलामीमार्फत बेच्न लागेको हो ।
कम्पनीकाे लिलामी सेयरमा असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सुर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।