काठमाडौं । नेपालमा आहार पुरक खाद्यको आयात बढ्न थालेको छ । शरिरलाई सन्तुलित राख्न खानाको बिकल्पमा खाइने यस्ता खाद्यको आयात पछिल्ला वर्षहरुमा बढ्न थालेको हो ।
नेपालमा चालु आवमा १४ करोड ९५ लाख ३० हजार रुपैयाँ बराबरको आहार पुरक खाद्य आयात भएको छ । आहार पुरक खाद्य आयातका क्रममा ३० प्रतिशत भन्सार कर लाग्ने गर्छ । सो करले यसलाई बजारमा पुग्दा केही महंगो बनाउने गर्छ ।
आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ बराबरका आहार पुरक खाद्य आयात भएको थियो ।
नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागिप्रयोग हुने खाद्यपदार्थको रुपमा उल्लेख गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा कुल १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ बराबरको आहार पुरक खाद्यहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
के हो पुरक खाद्य ?
हामी सामान्यतः आफ्नो शरिरलाई सन्तुलित राख्न दाल, भात, तरकारी इत्यादी खाने गर्छौ । पछिल्लो समय मानिसहरु कामका व्यवस्तताका कारण समयमा खाना खान सकिरहेका छैनन् । यस्तो हुँदा जानी–नजानी हामी विभिन्न रोगको सिकार हुन पुग्छौँ । यसो हुँद ग्यास्ट्रिक हुने, पखाला लाग्ने, हात खुट्टा झमझमाउने, शरिरमा शक्तिको कमि महसुस हुने हुन्छ ।
यही समस्यालाई मध्यनजर गरेर वैज्ञानिकहरुले खानाबाट पाइने पोषण तत्वहरुको एउटा सानो क्याप्सुलमा राखि बनाएका हुन् । त्यस्ता पोषण पाउन हामीले विभिन्न परिकार खानुपर्नेमा हाल एउटा क्याप्सुलले त्यसको मात्रा पूरा गर्ने भएको छ ।
यस्ता आहार पुरक खाद्य (डाइटरी सीप्लमेन्ट) ले कुनै विमारीलाई निको पार्ने नभई विमारी हुनुअघि हुने कमजोरी तथा पोषणको कमीलाई पूरागरि त्यसबाट हुने सक्ने विमारीलाई निम्त्याउन दिदैन ।
यस्ता आहार पुरक खाद्य विशेषगरि विदेशीहरुले आफ्नो डाइटलाई पुरा गर्न खाने गर्छन् । साथै हिमाल चड्न जाने तथा ‘एस्ट्रोनटस्’हरुले आफ्नो यात्राका समयमा यसको प्रयोग गर्ने गर्छन् ।
यो हेर्दा औषधी जस्तै ट्याब्लेटको आकारमा बनेको हुन्छ । यस्तो आहारका पुरक खाद्य विश्वभर सामान्य खाद्य स्टोर तथा सुपर मार्केटमा सजिलै पाइन्छ ।
नेपालमा आहार पुरक खाद्य सम्बन्धी ब्यवस्था
नेपालमा पनि यस्ता आहार पुरक खाद्य (क्याप्सुल) आयात हुन थालेको छ । यस्ता आहार पुरक खाद्यका क्याप्सुल फार्मेसिमा राखिन थालेको हो । तर, खाद्य विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदी भने यस्तो आहार पुरक खाद्यहरु मेडिकलसँग सम्बन्धित स्थानमा राखिनु नहुने बताउँछन् ।
उनका अनुसार त्यस्ता आहार पुरक खाद्य क्याप्सुलका लागि छुट्टै पसलमा वा किरानातिर राखिनु पर्छ । तर, नेपालमा किराना तथा खाद्य पसलमा समेत सेनिटरी प्याड लगायतका सामग्री राखिने भएकाले त्यहाँ राख्न समेत अनुमति दिन नमिल्ने उनले बताए ।
यसो भएता पनि नीति विपरित हरेक मेडिकलमा प्रोटिन सेकका डब्बा, डिमेगाका (फिस वेल) क्याप्सुल, ओट्स लगायतका आहार पुरक खाद्यहरु राखिएका छन् ।
नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागिप्रयोग हुने खाद्यपदार्थको रुपमा उल्लेख गरिएको छ ।
आहार पुरक खाद्य भन्नाले कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन, एमिनो एसिड वाइन्जाइम, अन्यपोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य वा मानिसको शरीरमा क्रियात्मक भूमिकामा हुने फाइदाजनक पदार्थ सम्मिलित गरी स्वरुप परिवर्तन गरिएका पाउडर, ग्रेनुल, ट्याब्लेट, झोल, जेली, फ्लेक्स, बार जस्ता मुखबाट मात्र सेवन गरिने पदार्थहरु भनिएको छ ।
यस्ता आहार पुरक खाद्य प्रयोजनका लागि डक्टरको सल्लाह चाहिदैन । यो जोसुकैले आफ्नो इच्छा अनुसार आवश्यक परे किनेर सहजै खान सक्छन् ।
यस्ता आहार पुरक खाद्यपदार्थहरु जापान, अमेरिका, अष्ट्रेलीया, बेलायत, जर्मन, कोरिया, हङगेरी, थाइल्याण्ड, कतार, भेतनाम, बङगलादेश, चीन, स्पेन, भारत, मलेसिया, ताइवान लगायतका देशबाट आयात हुने गरेको छ ।