कामै नगर्ने निर्माण व्यवसायीको आन्दोलन कार्याक्रम

काठमाडौं । निर्माण व्यवसायी महासंघले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । महासंघले सुरुको दिन शान्तिपूर्वक आन्दोलन गर्ने औपचारिक घोषणा गरेको हो । आफ्नो हकमा खरिद ऐन संसोदन नभएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिने भएका हुन् ।

 

विभिन्न सरोकारवाला निकायहरुमा महासंघ, प्रदेश महासंघ ए.व जिल्ला संघहरुले आफ्ना मागहरु राखी ज्ञापनपत्र मार्फत सात दिने अल्टिमेट सहित ध्यानआकर्षण गरेता पनि कुनै सुनुवाई नभइको भन्दै पूर्व आन्दोलन घोषणा गरेको हो ।

 

महासंघले मंसिर ९ गतेबाट प्रधानमन्त्री निवास बालुवाटारमा १ घण्टा एक हप्तासम्म धर्ना गर्ने र प्रत्येक हप्ता १ घण्टाको दरले धर्नाको समय बढाइने महासंघले जनाएको छ ।

 

मंसिर १० गते प्रदेश महासंघ, जिल्ला महासंघहरु, निर्माण व्यवसायी र्फम कम्पनीहरुको कार्यालयमा विरोध स्वरुप कालो झण्डा राख्ने कार्यक्रम रहेको छ ।

 

साथै कालोपट्टी बाँधेर निर्माण व्यवसायीहरुले आफ्नो यन्त्र उपकरणमा समेत कालो झण्डा राख्ने योजना बनाएको छ । यस्तै माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तपूर्ण रुपले प्रदर्शन गरिने जनाएकाे छ ।

 

सरकारलाई इजाजत पत्र बुझाउने, हेभी इक्यूपमेन्टसहित प्रदर्शन गर्ने, विकास निर्माण कार्यहरु पूर्ण रुपमा ठप्प गर्ने र आन्दोलनका स्वरुपहरु महासंघको निर्णयानुसार परिमार्जन गरिने जनाइएको छ ।

चिनियाँ कम्पनीको साझेदारीमा दुई जलविद्युत् आयोजनाकाे काम छिट्टै अगाडि बढाइने Read Previous

चिनियाँ कम्पनीको साझेदारीमा दुई जलविद्युत् आयोजनाकाे काम छिट्टै अगाडि बढाइने

आहार पुरक खाद्यको आयात बढ्दै, कहाँ बेच्ने प्रस्ट छैन Read Next

आहार पुरक खाद्यको आयात बढ्दै, कहाँ बेच्ने प्रस्ट छैन