हमास-इजरायल युद्धको असर : कच्चा तेलको भाउ एकैदिन ४% बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?

काठमाडौं । शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ प्रतिशतसम्मले बढेको छ ।

आयल प्राइस डटकमका अनुसार सोमबार विश्व बजारमा कच्चा तेलको भाउ २ देखि ४ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ३.३३ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ ।

त्यस्तै, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ३.६१ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ । यसैगरी, मुर्बान क्रुड आयलको भाउ ३.८९ प्रतिशतले बढेर प्रतिब्यारेल ८९.४७ डलर पुगेको छ भने अन्य अधिकांश क्रुडआयको भाउ पनि बढेको छ ।

हमास इजरायल युद्ध लम्बिए कच्चा तेल उत्पादन र ढुवानीमा समेत असर पर्ने सक्ने भएकाले भाउ ह्वात्तै बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । इजरायलले हमास विरुद्ध युद्धको घोषणा गरेको छ । जसले गर्दा तत्कालै यो युद्ध मत्थर हुने देखिँदैन ।

युद्धका कारण विश्वमा तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट निम्त्याउने जानकारहरुले बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रसिया–युक्रेन युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछि विस्तारै ओरालो लागेको तेलको भाउ प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो भने अप्रिलदेखि फेरि उकालो लागिरहेको छ ।

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री मोरक्को प्रस्थान Read Previous

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री मोरक्को प्रस्थान

काठमाडौंका यी तीन सडकलाई 'वान वे' बनाइँदै Read Next

काठमाडौंका यी तीन सडकलाई 'वान वे' बनाइँदै