काठमाडौंका यी तीन सडकलाई ‘वान वे’ बनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका तीन वटा सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी गरेको छ ।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो ।

अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन ।

यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइने छ ।

यसैगरी, पुतलीसडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ ।

हमास-इजरायल युद्धको असर : कच्चा तेलको भाउ एकैदिन ४% बढ्यो, प्रतिब्यारेल कति पुग्यो ? Read Previous

हमास-इजरायल युद्धको असर : कच्चा तेलको भाउ एकैदिन ४% बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?

इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा Read Next

इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा