दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि बसको अग्रिम टिकट बुकिङ खुलाइएको हो ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भीड लागेको छ । त्यस्तै, कोटेश्वर, कलंकी, बल्खु लगायत काउन्टरहरुमा पनि टिकट लिनेको घुइँचो लागेको छ ।

यातायात व्यवसायीले भाडा बढाएर टिकट बुकिङ खुलाउन लबिङ गरे पनि पुरानै भाडादरमा टिकट बुकिङ खुलाइएको हो ।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ । कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ ।

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन Read Previous

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

कार्ड नहुँदा रोकियो स्मार्ट लाइसेन्स छपाइ Read Next

कार्ड नहुँदा रोकियो स्मार्ट लाइसेन्स छपाइ