माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकत १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

अपर तामाकोशीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन Read Previous

अपर तामाकोशीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो Read Next

दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो