काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै २९ गतेदेखि नयाँ नोट सटही हुने जानकारी गराएको हो ।
राष्ट्र बैंकको केन्द्रिय कार्यालयका साथै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकका तोकिएका शाखाबाट नयाँँ नोट साट्न सकिने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल गरी कुल साढे १८ हजार रुपैयाँ बराबरको नोट सटही सुविधा दिइने छ ।
क्यूआर मार्फत भुक्तानी गरेर नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ ।