गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नयाँ नोट बजारमा

20 rupees note

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको यो २० रुपैयाँको पहिलो नोट हो । यो नोटको अगाडिकाे भागको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको मध्ये भागमा दुईवटा बाह्रसिंगाको चित्र छ ।

त्यस्तै, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको छ भने पछाडिको भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ ।

नोटको तल्लो भागमा अंग्रेजीमा ‘Rupees Twenty’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘2023 A.D.’ लेखिएको छ ।

'कसिलो गाँठो' किस्ताकिस्तामा फुकाउँदै राष्ट्र बैंक, अर्थतन्त्र चलायमान बनाउला ? Read Previous

'कसिलो गाँठो' किस्ताकिस्तामा फुकाउँदै राष्ट्र बैंक, अर्थतन्त्र चलायमान बनाउला ?

जलवायु परिवर्तनको असर, विश्वव्यापी विद्युत् उत्पादनमा 'ऐतिहासिक' गिरावट Read Next

जलवायु परिवर्तनको असर, विश्वव्यापी विद्युत् उत्पादनमा 'ऐतिहासिक' गिरावट