काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गतत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाति गरेको छ ।
बिहीबार पोखरामा सम्पन्न बैंकको २५ औं वार्षिक साधरण सभाले १३.७० प्रतिशत बोनस र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पारित गरेको हो ।
यस्तै, उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यसैयरी, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।