जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन सञ्चालन, तीन ग्रेडमा छुट्याइने

जुम्ला । जुम्लामा पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ ।

गुठिचौर गाउँपालिका-५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।

स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

गुठिचौर एग्रो फार्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ ।

ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गरिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ ।

जिल्लामा कुल ४ हजार २५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ग्रेडिङ मेशिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । रासस

सेयर बजारमा सुधार, कारोबार रकम भने बढेन Read Previous

सेयर बजारमा सुधार, कारोबार रकम भने बढेन

विश्वभर डलरको प्रभुत्व घट्दै, 'इमर्जिङ' देशले दिँदै छन् चुनौती Read Next

विश्वभर डलरको प्रभुत्व घट्दै, 'इमर्जिङ' देशले दिँदै छन् चुनौती