सेयर बजारमा सुधार, कारोबार रकम भने बढेन

काठमाडौं । सेयर बजारमा सुधार आएको छ । मंगलबार १७ अंकले घटेको नेप्से आज ९ अंकले फर्केको हो । बुधबार नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा पुगेको छ ।

आज सूचकमा सुधार आए पनि कारोबार रकम पनि स्थिर रहेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब १९ करोड रुपैयाँको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशतले बढेको छ ।

आज पनि सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मध्य भोटेकोशी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

मन्दीका बाबजूद जीवन बीमा व्यवसाय १२% बढ्यो, दुई महिनामा २९ अर्ब संकलन Read Previous

मन्दीका बाबजूद जीवन बीमा व्यवसाय १२% बढ्यो, दुई महिनामा २९ अर्ब संकलन

जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन सञ्चालन, तीन ग्रेडमा छुट्याइने Read Next

जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन सञ्चालन, तीन ग्रेडमा छुट्याइने