सुनको मूल्यको ओरालो यात्रामा ब्रेक, ८ दिनपछि बढ्यो भाउ

काठमाडौं । एकसातापछि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । असोज ९ गतेदेखि लगातार ७ दिनसम्म घटेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ ।

एकसाता अघि प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो । एक सातामै सुनको भाउ तोलामै ५ हजार २०० रुपैयाँले घटेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा नेपालमा पनि सस्तिएको थियो । विश्व बजारमा अमेरिकी डलर र कच्चा तेलको भाउ आकाशिँदा सुनको मूल्यमा गिराएको आएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ डलर बढेर १८२२.१७ डलर पुगेको छ ।

धनगढी-दिपायल फास्ट ट्रयाक कालोपत्र गरिँदै, बेस राख्ने काम धमाधम Read Previous

धनगढी-दिपायल फास्ट ट्रयाक कालोपत्र गरिँदै, बेस राख्ने काम धमाधम

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत