नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

सुनको मूल्यको ओरालो यात्रामा ब्रेक, ८ दिनपछि बढ्यो भाउ Read Previous

सुनको मूल्यको ओरालो यात्रामा ब्रेक, ८ दिनपछि बढ्यो भाउ

तास आयात ३ गुणाले बढ्यो, दुई महिनामा साढे ६ करोडको भित्रियो Read Next

तास आयात ३ गुणाले बढ्यो, दुई महिनामा साढे ६ करोडको भित्रियो