हेटौंडा-काठमाडौं जोड्ने मुख्य दुई सडक अवरुद्ध

मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।

पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

यसैगरी पहिराका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।

नारायणगढ-बुटवल सडक : ५ वर्षमा एकतिहाई मात्र काम पूरा, खाल्डाखुल्डी पुर्न निर्देशन Read Previous

नारायणगढ-बुटवल सडक : ५ वर्षमा एकतिहाई मात्र काम पूरा, खाल्डाखुल्डी पुर्न निर्देशन

बझाङमा भूकम्पबाट १३५ घरमा क्षति Read Next

बझाङमा भूकम्पबाट १३५ घरमा क्षति