नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस साता आइतबार ३३ अंकले घटेको नेप्से हिजो ५ अंकले फर्के पनि आज फेरि दोहोरो अंकले घटेको हो । मंगलबार नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा आइपुगेको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५४ करोडले घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ । यसदिन २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.४७ प्रतिशतले घटेको छ ।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सर्वाधिक ७.५४ प्रतिशत गुमाएका छन् भने समता लघुवित्तका सेयरधनीले ७.९१ प्रतिशत कमाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, पीआरओआर आयोजनाको ४५०० मेगावाटसम्मको गरिने Read Previous

नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, पीआरओआर आयोजनाको ४५०० मेगावाटसम्मको गरिने

उद्योग र सेवा क्षेत्रले उकास्दै आर्थिक वृद्धि, कृषि क्षेत्रको वृद्धि भने घट्ने Read Next

उद्योग र सेवा क्षेत्रले उकास्दै आर्थिक वृद्धि, कृषि क्षेत्रको वृद्धि भने घट्ने